दफा १८
तालिमी श्रमिकको रुपमा काममा लगाउन सकिने
: (१) रोजगारदाताले काम सिकाउँदै तालिम दिने गरी कुनै व्यक्तिलाई काममा लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको तालिम अवधि एक वर्षभन्दा बढी हुने छैन । तर खास कामको तालिमको लागि प्रचलित कानूनद्वारा कुनै अवधि तोकिएकोमा वा खास अवधि आवश्यक पर्ने भएमा सो अवधिसम्म तालिमीको रुपमा काममा लगाउन सक्नेछ ।
(३) यस दफा बमोजिम तालिमीको रुपमा काममा लगाइएको व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चय कोष, बिमा लगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनु पर्नेछ ।
(४) तालिम अवधि सकिएपछि तालिमीलाई काममा राख्न रोजगारदाता बाध्य हुनेछैन ।
तर सोही रोजगारदाताले निज तालिमीलाई काममा राखेमा निजको हकमा परीक्षणकाल लागूहुने छैन ।